हुलाक सेवालाई पुन: संरचना गरिने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हुलाक सेवालाई पुन: संरचना गर्ने भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले हुलाक सेवालाई पुन: संरचना गरिने र एक स्थानीय तह एक हुलाकको व्यवस्था गरिने बताएका हुन् ।

“हुलाक सेवालाई पुन: संरचना गरिने र एक स्थानीय तह एक हुलाकको व्यवस्था गरिने छ ।” अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?