एजेन्सी । भारतका कप्तान विराज कोहलीले न्युजिल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज नखेल्ने भएका छन् ।
उनले पाँच म्याचको एकदिवसीय सिरिजको चौथो र पाँचौ खेल नखेल्ने भएका हुन् । त्यस्तै कप्तान कोहलीले आगामी फेब्रअरी ६ तारिखबाट शुरु हुने तीन टी-ट्वान्टी खेल पनि नखेल्ने बताइएको छ । भारतीय टिम व्यवस्थापनले कोहलीलाई केही समय आराम दिएको जनाएको छ ।
उनी पछिल्लो समय ढाड र गर्दन दुख्ने समस्याबाट पिडित छन् । अब कोहलीको अनुपस्थितीमा भारतीय टिमको नेतृत्व रोहित शर्माले गर्ने भएका छन् ।
सन् २०१७ देखि २०१८ सम्म रोहितको नेतृत्वमा भारतले खेलेको ८ वान डे म्याचमा ७ खेलमा जित हात पारेको थियो । भारतले न्युजिल्याण्डसँग सिरिजपछि अस्ट्रेलियासँग खेल खेल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया