काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि हात पारेको छ । अहमदाबादमा सोमबार राती भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि हात पारेको हो ।
योसँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएरहेको चेन्नईले पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो । र, चेन्नईले १ सय ७१ रनको नयाँ लक्ष्य पाएको थियो ।
नयाँ १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरको अन्तिम बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया