काठमाडौं । चीनले मंगलबार तीन अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको छ । यी अन्तरिक्ष यात्रीहरूलाई चीनको अन्तरिक्ष स्टेशनमा पठाइएको हो । चीनले सन् २०२१ मा आफ्नो अन्तरिक्ष स्टेशन सञ्चालन गर्न थालेको छ र यो पाँचौं मानवयुक्त मिसन हो।
तीन चिनियाँ अन्तरिक्ष यात्री उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ९:३० बजे उडेका थिए। चीनको यो स्याटेलाइट प्रक्षेपण केन्द्र गोबी मरुभूमिमा अवस्थित छ। मिशन शेन्झाउ-१६ का अन्तरिक्ष यात्रीहरूले स्पेस स्टेशनमा सवार तीन यात्रुहरू प्रतिस्थापन गर्नेछन्। तीन अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेपछि त्याहा रहेका तीन जना पृथ्वीमा फर्कनेछन् ।
अहिले अन्तरीक्ष तर्फ गएका अन्तरिक्ष यात्रीको नाम जिङ हाइपेङ, झु याङझु र गुइ हाइचाओ रहेको छ ।
चीनले आफ्नो अन्तरिक्ष स्टेशन विस्तारको घोषणा गरेको छ । अहिले स्पेस स्टेशन टी आकारमा छ र अब चीनले यसलाई क्रस आकारमा बनाउने तयारी गरिरहेको छ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने योजना पनि बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया