यात्रुवाहाक बस पुलबाट खस्दा १० जनाको मृत्यु, ५९ जना घाइते

लोकपथ
105
Shares

काठमाडौं । भारतको जम्मू-श्रीनगर राजमार्ग नजिकै रहेको झज्जर कोटली ठूलो सडक दुर्घटना भएको छ। एक यात्रुवाहाक बस पुलबाट तल खसेको छ । दुर्घटनामा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने ५९ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको जम्मू मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ । जानकारीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको मात्र जीएमसी जम्मुमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा बस चालक समेत रहेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

जम्मू झज्जर कोटली दुर्घटना समाचार: जम्मू श्रीनगर राजमार्गको पुलबाट बस खसेको छ

अमृतसरबाट वैष्णोदेवी (कात्राड) जाँदै गरेको बसमा करिब ६० यात्रु सवार थिए । सबै बिहारको राजधानी पटनाका बासिन्दा रहेको बताइएको छ । बस राष्ट्रिय राजमार्ग–४४ स्थित झज्जर कोटलीमा पुग्ने वित्तिकै अनियन्त्रित भई पुलबाट तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?