माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

लोकपथ
49
Shares
{“caption”:”u0938u093fu0902u0939u0926u0930u092cu093eu0930u092eu093e u092eu0902u0917u0932u092cu093eu0930 u092cu0938u0947u0915u094b u0928u0947u092au093eu0932 u0915u092eu094du092fu0941u0928u093fu0938u094du091f u092au093eu0930u094du091fu0940 (u092eu093eu0913u0935u093eu0926u0940 u0915u0947u0928u094du0926u094du0930) u0938u0902u0938u0926u0940u092f u0926u0932u0915u094b u092cu0948u0920u0915u092eu093e u0938u0939u092du093eu0917u0940 u092au094du0930u0927u093eu0928u092eu0928u094du0924u094du0930u0940 u092au0941u0937u094du092au0915u092eu0932 u0926u093eu0939u093eu0932u0932u0917u093eu092fu0924 u0964 u0924u0938u094du092cu093fu0930 : u092au094du0930u0926u0940u092au0930u093eu091c u0935u0928u094du0924 /u0930u093eu0938u0938″,”photographer”:””,”alt_text”:””}
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञाशा राखेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता दाहालले सरकारले सङ्घीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताएका सांसद माधव सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेका उनले बताए । “प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताउनुभयो”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सापकोटाले भने ।
संसदीय दलको बैठकपछि दलको कार्यालयमा बजेटसम्बन्धी अभिमुखीकरण भइरहेको छ । अभिमखुीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र सदस्य डा रामकुमार फुयाँलले सहजीकरण गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?