काठमाडौं । नेपाल राष्ट्र बैकले जेठ १८ गते बिहिबार पुन १० अर्ब रुपैंयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार सो दिन बोलकबोलको माध्यमद्धारा पाँच बर्षे अवधिको बिकास ऋणपत्र २०८५ “झ” (५ बर्षे) बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बिहिबार अपरान्ह तीन बजेसम्म बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैंकको भनाई छ । निष्काशन मिती २०८० जेठ १९ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८५ जेठ १९ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया