काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेनिकट अनेरास्वयुले प्रदर्शन गरेका हुन् ।
अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए । प्रहरीले विरोध प्रदर्शन गर्ने ८ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति पौडेलले आजै नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया