काठमाडाैं-सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।
उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् ।
देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ ।
“घटनामा परी मृत्यु हुनेको संख्या अहिले सम्म १६ पुगेको छ,” स्थानीय सरकारका एक जना नेता क्रिस्टोफर बौट्बीलले एएफपीलाई भने ।
दुर्घटना भएको सुन खानीको व्यवस्थापन पक्षका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।
दुर्घटनामा पिडित भएकाहरु अवैध मजदुर रहेका छन्, उनीहरु कोही पनि उनीहरुको आधिकारीक कर्मचारी नभएको बताइएको छ
घाना अफ्रिकी क्षेत्रमा दोस्रो धेरै सुन उत्पादन गर्ने देश हो । यस उद्योगमा देशका अन्तर्राष्ट्रिय खेलाडीहरु पनि संलग्न भएको पाईन्छ ।
सुन खानीमा धेरै दिर्घकालिन समस्याहरु रहेकाले यस्ता दुर्घटनाहरु बेला बेलामा भइरहने गरेको अधिकारीहरुले बताएका छन् ।
यसअघि गत अप्रिलमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसैगरी सन् २०१७ को जुलाईमा पश्चिमी घानामा भएको दुर्घटनामा कम्तीमा २२ जना मारिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया