टेस्लाका मालिक एलन मस्क बने विश्वकै धनी व्यक्ति

लोकपथ
210
Shares

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

एलोन मस्कले लक्जरी ब्रान्ड टाइकुन बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन्। बर्नार्ड अर्नाल्टको कम्पनी LVMH को शेयर बुधबार २.६ प्रतिशतले घटेको छ । जसका कारण अर्नाल्टले दुःख खेप्नुपरेको थियो र उनी धनी व्यवसायीको सूचीमा दोस्रो नम्बरमा झरेका छन्।

बढ्दो मुद्रास्फीतिका कारण लक्जरी ब्रान्डको बिक्री पनि घटेको छ । विशेष गरी चीन, जुन विश्वको सबैभन्दा ठूलो बजार हो, त्यहाँ पनि बिक्रीमा गिरावट आएको छ। जसका कारण एलभीएमएचको शेयर अप्रिलदेखि करिब १० प्रतिशतले घटेको छ ।

मस्कको हालको सम्पत्ति १९२ अर्ब डलर छ । जबकि अर्नाल्टको कुल सम्पत्ति १८६ बिलियन डलर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?