प्रचण्डको भारत भ्रमणको दोस्रो दिन : मोदीसँग भेटघाट

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटघाट भएको छ ।

भारत भ्रमणमा रहेको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट भएको हो ।

बिहीबार दिउँसो हैदरावाद हाउसमा भेटघाट भएको हो ।

भेटघाटको क्रममा नेपालको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्तिबहादुर बस्नेत लगायत रहेका छन् । त्यस्तै भारतीय टोलीका तर्फबाट भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ ।

त्यस्तै भेटघाटको क्रममा दुई देशबीचको आपसी सम्बन्ध र विकास साझेदारीका विषयमा छलफल भएको छ ।

आफ्नो चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधबार भारत प्रस्थान गरेका हुन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधि मण्डलद्वारा बिहान गान्धी स्मारक राजघाटमा महात्मा गान्धीप्रति सम्मान गर्दै गान्धीको समाधिमा माल्यार्पण गर्नुका साथै आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?