काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’बीचको पहिलो एकदिवसीय क्रिकेट सिरिज आजबाट शुरु हुँदैछ ।
‘आईसीसी’बाट एकदिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो एकदिवसीय क्रिकेट खेल्न लागेको हो । यी दसई टिमबीचको खेल दुबईस्थित आईसिसीको क्रिकेट एकेडमी नेपाली समयानुसार सवा ११ बजेपछि शुरु हुनेछ ।
नेपालले युएईसँग तीन एकदिवसीय क्रिकेट र तीन टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने कार्यक्रम रहेको छ । पहिलो एकदिवसीय क्रिकेट सिरिज जित्ने लक्ष्यका साथ युएई पुगेको नेपाली टिम आजको खेल जित्ने मनोस्थितीका साथ मैदानमा उत्रदैछन् ।
नेपालले एउटै देशसँग एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो ।
उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो । नेपाली टोली कप्तान पारस खड्काले एक दिवसीय सिरिज खेल्न नेपाली टोली उत्साहित रहेको भन्दै जित निकाल्न प्रयास गर्ने बताए ।
नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ । उक्त खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया