सभामुख घिमिरेद्वारा नवनिर्मित संसद भवनको अवलोकन (तस्बिरसहित)

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित नवनिर्मित संसद भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो सभामुख निर्वाचित भएपछि उनले पहिलोपटक सो नवनिर्मित भवनको अवलोकन गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक भवनको ६३ प्रतिशत काम सकिएको जानकारी निर्माण पक्षले दिएको छ ।

त्यस्तै अवलोकनपछि निर्माणको गति वृद्धि गर्न साथै त्रुटिरहित काम गर्न निर्देशन दिए । त्यसको साथै निर्माणको कामलाई कार्ययोजनाकै रुपमा फलोअप गर्ने समेत बताए ।

‘निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिएको छु । संसद भवन निर्माणको कामलाई कार्ययोजनाकै रुपमा ‘फलोअप’ गर्नेछु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?