एजेन्सी । कारबाओ कप फुटबल प्रतियोगिताको उपाधिका लागि चेल्सीले म्यान्चेस्टर सिटीको सामना गर्ने भएको छ ।
बिहीवार राति सम्पन्न भएको सेमिफाइन खेलमा चेल्सीले टोट्नह्यामलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । सेमिफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले टोटेनहमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
तर, पहिलो लेगको खेलमा भने चेल्सी टोट्नह्यामसँग १-० गोल अन्तरले पराजित भएको थियो । दुवै क्लबबाट समान २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया