काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब बनेको छ । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार रियल सर्वाधिक मूल्यवान क्लब बनेको हो ।
फोर्ब्सको तथ्यांकअनुसार रियलको मूल्य ६.०७ बिलियन अमेरिकी डलर रहेको छ ।
यस्तै दोस्रो स्थानमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड रहेको छ । युनाईटेडको मूल्य ६ बिलियन अमेरिकी डलर रहेको छ ।
तेस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोना रहेको छ । बार्सिलोनाको मूल्य ५.५१ बिलियन अमेरिकी डलर रहेको छ । चौंथो स्थानमा लिभरपुल र पाँचौं स्थानमा म्यानचेस्टर सिटी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया