काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको सेयरको उत्साहजनक बिक्री भएको भन्दै खरिदकर्ताहरुलाई धन्यवाद दिएको छ ।
इन्डष्ट्रीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख १९ देखि जेठ २ गतेसम्म सेयर बिक्री खुल्ला गरको थियो ।
इन्डष्ट्रीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने जनाएको छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित गरेको थियो । ‘सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनु भएको सहभागिता हाम्रो लागी महत्त्वपूर्ण रह्यो,’ इन्डष्ट्रीले जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । सो सेयर खरिदका लागि देश बाहिर रहेका वैदेशिक सेयर खरिदकर्ताले देखाएको उत्साहले थप हौसला बढाएको जनाइएको छ ।
नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान दिँदै आएको त्रिवेणी समूहबाट प्रवर्धित घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो ।
उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पु¥याएको जनाइएको छ ।
कम्पनीले अब छिट्टै नै सर्वसाधारणको लागि जारी गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया