एकदिवसीय क्रिकेट : नेपालद्वारा युएईसामु सामान्य रनको चुनौती प्रस्तुत

काठमाडौं । संयुक्त अरब इमिरेट्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब प्रर्दशन गरेको छ । 

दुबईस्थित आईसिसी क्रिकेट एकेडमीमा भएको खेलमा नेपालले युएईसामु १ सय १४ रनको चुनौती दिएको छ । 

टर हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रनको योगफल तयार पारेको थियो । नेपालका कुनै खेलाडीले पनि अर्धशतकिय पारी खेल्न सकेनन् । ओपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए । उनलाई गुलाम शाबेरले क्याच आउट गरे ।

त्यस्तै अर्का ओपनर ब्याट्सम्यान बिनोद भण्डारीलाई पनि शाबेरले क्याच आउट गर्दै पेभेलियनमा फर्काए । उनले १४ बलमा मात्र ५ रन बनाए । कप्तान पारस खड्का रन बनाएर आउट भए । 
३६ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेका उनी अमिर हायातले क्याच आउट गरे ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका दिपेश सिंह ऐरी लाई फहाद नवाजले रन आउट गरे । उनले कुनै रन जोड्न सकेनन् । एलबिडब्लुमा आउट भएका सोमपाल कामीले भने ३० रन, पवन सराफले ४ रन बनाए । बसन्त रेग्मीपनि बिना रन पेभेलियनमा फर्किए । 

त्यस्तै आरिफ शेखले २५ रन जोडे । सन्दिप लामिछाने १५ रन बनाएर आउट भए । युएईविरुद्धको खेलमा नेपालका पवन, ललित राजवंशी र बिनोद भण्डारीले यसै खेलमार्फत एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?