नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं २ स्थित जनजागरण सामुदायीक पुस्तकालयको भवनमा वृहत स्वास्थ्यशिविर सम्पन्न भएको छ ।
शनिबार ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, गरिमा विकास बैंक, यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्ष्ट र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
काठमाडौंबाट गएका २३ जना बढी वरिष्ठ चिकित्सकहरुको उपस्थितीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको वडा नं २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले जानकारी दिए । सो क्रममा ११ वटा सेवाहरु सञ्चालन गरिएको साथै औषधि निशुल्क वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा ७५९ भन्दा बढीले निशुल्क सेवा लिएको उनले बताए ।
‘एकदमै प्रभावकारी ढंगले स्वास्थ्य शिविर सम्पन्न भएको छ । ७५० भन्दा बढीले सेवा लिनुभएको छ ।’ उनले भने ।
त्यस्तै उपचारको क्रममा हर्नियाँ र हाइडोसिलको लागि ओम हस्पिटल र गरिमा विकास बैंक मिलेर जाने आउने बस्ने खाने गरी व्यवस्था गरिएको छ ।
स्वास्थ्य शिविरमा १८० जना भन्दा बढीको भिडियो एक्सरे, ८० बढीको इसिजी गरिएको थियो । साथै आज त्यहाँ उपचारबाट बञ्चित भएकाहरुको लागि ओम हस्पिटलमा विशेष सहुलियतका साथ स्वास्थ्य परीक्षण र उपचार गरिने उनले बताए ।
ग्रामीण भेगका मानिसहरु आर्थिक अभाव र विभिन्न कारणबाट उपचारबाट बञ्चित हुनबाट रोक्न आफूहरुले उक्त शिविर सञ्चालन गरेको ट्रस्टका अध्यक्ष केदारनरसिंह केसीले जानकारी दिए । साथै आगामी दिनमा निरोगी नेपाल बनाउन लागिपर्ने बताए ।
‘ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमै उपचार गर्न यसले सहयोग पुग्ने विश्वास लिएका छौँ । साथै आगामी दिन पनि यस्तै शिविर सञ्चालन गरेर निरोगी नेपाल बनाउन लागिपर्नेछौँ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया