दुर्घटनास्थलको निरीक्षणपछि रेल मन्त्रीले भने- ‘दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरूकाे पहिचान भयो’

लोकपथ
105
Shares

काठमाडौं । भारतीय रेल मन्त्री अश्विनी वैष्णवले लगातार दोस्रो दिन ओडिशाको बालासोर रेल दुर्घटना स्थलमा चलिरहेको मर्मत कार्यको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा रेल मन्त्री वैष्णवले रेल दुर्घटनाको कारण पनि बताएका छन् । उनले यस विषयमा रेलवे सुरक्षा आयुक्तले अनुसन्धान गरिरहेको पनि बताए । रेल मन्त्रीले इलेक्ट्रोनिक इन्टरलकिङ परिवर्तनका कारण दुर्घटना भएको खुलासा गरेका छन् । यसका लागि जिम्मेवार व्यक्तिहरुको पनि पहिचान भइसकेको मन्त्री वैष्णवले जनाएका छन् ।

मर्मत कार्यको निरीक्षण गर्न रेलमन्त्रीसँगै केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान पनि दुर्घटनास्थलमा पुगेका छन् । उनीहरुले बुधबार बिहानसम्म सामान्य ट्रेनको रुट सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

 https://twitter.com/ANI/status/1665219542480732160

अहिलेसम्म २८८ जनाको मृत्यु

उक्त रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८८ पुगेको छ । एक हजार १ सय ७५ घाइते अस्पतालमा भर्ना भएका थिए, जसमध्ये ७ सय ९३ निको भइसकेका छन् भने ३ सय ८२ जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । रेलवेले मृतकका आफन्तलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र अन्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?