काठमाडौं । भारतको ओडिशाको बालासोरमा जुन २ मा भएको भयानक रेल दुर्घटनाको खबरले मानिसहरुलाई तरंगित बनाएको छ ।
रेल दुर्घटनाको विषयमा भारतीय रेलवे बोर्डले पत्रकार सम्मेलन गरेको छ । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले दुर्घटनामा २८८ नभई २७५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा ११ सयभन्दा बढी घाइते भएका छन् । भारतीय रेल मन्त्री अश्विनी वैष्णवले पत्रकार सम्मेलनमा दुर्घटनाको कारण पनि बताएका छन् । इलेक्ट्रोनिक इन्टरलकिङ फेर्दा दुर्घटना भएको उनले बताए ।
दुबै रेलको कति थियो गति ?
कोरोमण्डल एक्सप्रेस त्यसबेला १२८ किमी प्रतिघन्टाको गतिमा गुडिरहेको मालगाडीसँग ठोक्किएको थियो । यसबाहेक दुर्घटनामा परेको दोस्रो रेल यशवन्तपुर एक्सप्रेसको गति १२६ किलोमिटर प्रतिघन्टा थियो । यी ट्रेनहरूको अधिकतम गति सीमा १३० किमी प्रति घन्टा थियो ।
दुर्घटनामा सबैभन्दा बढी मारमा कोरोमण्डल एक्सप्रेस परेको छ । सिग्नलको केही समस्या पत्ता लगेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भने जारी रहेको छ। मालगाडी लुप लाइनमा उभिएको थियो। कोरोमण्डल एक्सप्रेस सोही रोकिराखिएको मालगाडीसँग ठोक्किएको थियो । मालगाडीमा फलाम लोड गरिएको बताइएको छ । जसका कारण मालसामान बोकेको रेल आफ्नो स्थानबाट नचलेका कारण कोरोमण्डल एक्सप्रेसका यात्रुले सबैभन्दा बढी मारमा परेका बताइएको छ ।
यशवन्तपुर एक्सप्रेसका दुई डिब्बा पछाडी ठोक्किएकाे थियो। ठक्करपछि कोरोमण्डल एक्सप्रेसको डिब्बा यशवन्तपुर एक्सप्रेसका पछाडिका दुईवटा डिब्बासँग ठोक्किएको थियो । जसका कारण यशवन्तपुर एक्सप्रेसको डिब्बा पनि पटरीबाट खसेको छ ।
सङ्केतमा गडबडी भएको उल्लेख
दुर्घटनापछि रेलले पहिले राहत र उद्धारको काम गरेको, त्यसपछि मर्मतको काम भइरहेको सदस्य अपरेशन बिजनेस डेभलपमेन्टले बताए । बहनगा स्टेशनमा ४ लाइन छ। यसमा २ मुख्य लाइनहरू छन्। लुप लाइनमा सामानबोकेको रेल थियो। चालकले स्टेशनमा हरियो संकेत पाएका थिए। दुवै रेल आ–आफ्नो गतिमा दौडिरहेका थिए । प्रारम्भिक अनुसन्धानले संकेतमा गडबडी भएको देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया