काठमाडौं । भारतको ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाको घटना सेलाउन नपाउँदै ओडिशामा फेरी अर्को रेल दुर्घटना भएको खबर आएको छ ।
ओडिशाको बरगढ जिल्लामा एउटा मालगाडी पटरीबाट खसेको छ। पूर्वी तटीय रेलवेले एक विज्ञप्ति जारी गर्दै निजी सिमेन्ट कारखानाबाट सञ्चालित गुड्स ट्रेनको गाडी पटरीबाट खसेको जनाएको छ ।
घटना कारखाना परिसर भित्र भएको थियो। यस घटनामा रेलवेको कुनै भूमिका भने रहेको छैन।
दुर्घटना भएको स्थानमा इन्जिन, वागन, रेल ट्र्याकलगायत सम्पूर्ण पूर्वाधार निजी कम्पनीले मात्रै मर्मत गरेको रेलवेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया