प्रधानमन्त्री प्रचण्डको जवाफ : ‘कालापानी, लिम्पियाधुरा र लिपुलेकको विकल्पमा कुनै सहमति भएको छैन’

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला सीमा समस्याका विषयमा स्पष्टसँग कुरा गरेको बताएका छन् । भारत भ्रमणका सन्दर्भमा उठेका विषयहरुमा संसदलाई जवाफ दिँदै कुनै विकल्पका विषयमा कुराकानी नगरेको बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले कालापानी, लिम्पियाधुरा र कालापानीको भूमिको सट्टा त्यहाँबाट बंगलादेश जाने बाटो खोल्ने विषयमा कुनै सम्झौता नभएको बताए ।

‘सीमा सम्बन्धी विषयमा कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा । मैले प्रष्टसँग भन्नैपर्छ । यी समस्याहरु समस्या समाधान नभइ अन्य समस्या समाधान हुन सक्दैन । यसरी सीमा समस्या समाधान गर्ने स्पष्टसँग बोलिएको पहिलो पटक हो ।’ उनले भने, ‘मैले कहिपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन । प्रष्ट होस् । कही कोही कन्फ्यु्जन नहोस् । हामीले भनेका छौँ कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको भूमी हो र त्यसलाई स्थापित गर्नेकुरा सबैभन्दा ठूलो हो भन्ने कुरामा प्रष्ट छु । त्यही अनुसार मैले आफ्नो भूमिका खेलेको छु ।’

आफूले विज्ञहरुले सल्लाह दिएको विषयमा मात्रै भनेका तर आफूले सो कुरा कहिँकतै नभनेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले ओली निकट विज्ञहरुसँग छलफल गरेको टिप्पणी गरे ।

यो भ्रमण एक अर्कालाई होच्याउने र कमजोर देखाउने उदेश्य भन्दा विभिन्न महत्वपूर्ण विषयमा बढी भएको बताए ।राजनीतिक मामिलामा पनि कुरा भएको र राम्रो विश्वासको वातावरण बनाएर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै भारत भ्रमण अहिलेसम्मकै महत्वपूर्ण र सफल भएको दोहो्याए । र आगामी दिनमा त्यसको परिणाम आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?