एफए कप फुटबल : म्यान्चेस्टर सिटी पाँचौ चरणमा प्रवेश

एजेन्सी । म्यानचेस्टर सिटी जारी एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा प्रवेश गरेको छ । 

आफ्नो घरेलु मैदान एतिहाद स्टेडियममा भएको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । खेलको २३ औँ मिनेटमा ग्राबियल जिससले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफमा थप तीन गोल ग-यो । खेलको ५२ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । ६१ औँ मिनेटमा केभिन डी ब्रुएनले गोल गरे ।

७३ औँ मिनेटमा केभिन लङले आत्मघाती गोल गरे । ८५ औँ मिनेटको खेल चलिरहँदा सिटीले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई सर्जियो अग्युरोले सदुपयोग गर्दै गोल गरे ।

 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा वाट्फोर्डले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै पाँचौ चरणको यात्रा तय ग-यो । शनिवार राति नै भएका अन्य खेलहरुमा डर्बीले एक्मिघमलाई १-० गोल अन्तरले, डोनकास्टेरले ओल्डहामलाई २-१ गोल अन्तरले, स्वान्सेले गिलिङघमलाई ४-१ गोल अन्तरले तथा विम्वल्डनले वेस्टह्यामलाई ४-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग-यो । 

अर्को खेलमा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २(० ले हराएर पाँचौ चरणको यात्रा तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?