काठमाडौं । नेपाल चिकित्सक संघले सरकारलाई दिएको अल्टिमेटमको बेवास्ता गरेका आरोप लगाएको छ । संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज (आइतवार) सकिँदैछ ।
चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अ स्पतालमा इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्न बाध्य हुने बताए ।
१९ औँ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि जस्तो सुकै कदम उठाउन सक्ने चेतावनी दिँदै अध्यक्ष श्रेष्ठका अनुसार आइतबार बृहत्त सभाले आन्दोलनको स्वरूप तय गर्नेछ ।
आन्दोलन स्वास्थ्य संस्था ठप्प पार्नेसम्मको हुन सक्ने उनले बताए ।
यसैबीच त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आकस्मिक बाहेकका सेवामा सहभागी हुन छाडेका छन् भने उनीहरूले शुक्रवारदेखि सेवा बहिष्कार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया