२०८० असार मसान्तसम्म एकीकृत कारोबार शुरु गर्ने संस्थाहरुले आधा दर्जन छुट पाउने

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्ती सम्वन्धी प्रकृयालाई प्रोत्साहन सहुलियत दिने घोषणा गरेको छ ।

राष्ट्र बैकले मंगलबार बाँणिज्य बैंक, बिकास बैक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै २०८० असार मसान्तसम्ममा मर्जर तथा प्राप्ती मार्फत एकीकृत कारोबार शुरु गरेमा आधा दर्जन छुट दिने घोषणा गरेको हो ।

राष्ट्र बैंकले भनेको छ, वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने\गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट आधा दर्जन सहुलियत प्रदान गरिने छ । यस्ता सहुलियतहरुमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने परिपत्रमा उल्लेख छ ।

परिपत्र अनुसार एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्ने छ । महिनाको समय प्रदान गरिने, गाभ्ने\गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने, राष्ट्र बैंकबाट तोकिएकोप्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म पाँच प्रतिशत बिन्दुले थप गरिने र एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको अनुमती आवस्यक नपर्ने राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?