काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले बजेट निर्माणका क्रममा आफूले इमान्दार भएर काम गरेको स्पष्ट पारेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले करका दर हेरफेर भएको भन्नेबारे सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री महतले आफूले इमान्दार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठेको टिप्पणी गरे ।
‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदाखेरी प्रश्नमाथि प्रश्न उठ्दो रहेछ ।’ अर्थमन्त्री महतले भने ।
त्यस्तै बजेट निर्माणको क्रममा कुनै पनि हेरफेर नभएको बताए । त्यस्तै बजेट निर्माणको क्रममा कर्मचारी हेरफेर गरिएको भन्ने प्रश्नमा उनले आफू आउनु भन्दा पहिले नै कर्मचारी हेरफेर भएको समेत स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया