करको दर हेरफेरबारे अर्थमन्त्रीले भने–‘बिचौलियालाई छेउछाउमा आउनै दिएको छैन’

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको क्रममा कुनै बाह्य व्यक्तिको हात नभएको स्पष्ट पारेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले करका दर हेरफेर भएको भन्नेबारे सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

‘बजेट बनाउने गोप्य निर्णयमा कुनै बाह्य व्यक्तिको संलग्नता छैन ।’ उनले भने ।

त्यस्तै बजेट निर्माणको क्रममा कर्मचारी हेरफेर गरिएको भन्ने प्रश्नमा उनले आफू आउनु भन्दा पहिले नै कर्मचारी हेरफेर भएको समेत स्पष्ट पारे ।

बजेट निर्माणका क्रममा करको दर हेरफेर गरेका भनिएका रामकृष्ण श्रेष्ठले आधिकारीक व्यक्तिले भनेको काम बाहेक अन्य कुनै काम नगरेको स्पष्ट पारे ।

त्यस्तै आफूले बिचौलियालाई छेउछाउमा आउनै नदिएको बताए ।

‘बिचौलियालाई मैले छेउछाउमा आउन पनि दिएको छैन ।’ उनले भने ।

अर्थमन्त्री महतले आफूले इमान्दार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठेको टिप्पणी गरे ।

‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदाखेरी प्रश्नमाथि प्रश्न उठ्दो रहेछ ।’ अर्थमन्त्री महतले भने ।

सस्तो गाडीमा करको दर बढी र महंगो गाडीको लागि कम कर बनाइएको भन्नेबारे जवाफ दिँदै कुनै प्रभावमा परेर करको दर हेरफेर नगरिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?