एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा एथ्लेटिको म्याड्रिड विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा एथ्लेटिको म्याड्रिडले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको २७ मिनेटमा म्याड्रिडका लागि एन्टोनी ग्रिजम्यानले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै ३७ औँ मिनेटमा सउल निगुएजले गोल गरे । खेलको पहिलो हाफमा दुई गोल गरेको म्याड्रिडले दोस्रो हाफमा भने गोल गर्न सकेन् । ९० औँ मिनेटको खेल चलिरहँदा डीज्ने डाकोनम रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो ।
यो जितपछि एथ्लेटिको म्याड्रिडले ४४ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४६ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया