बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा केन्द्रित भयो, जवाफ माग्छौँ : माधवकुमार नेपाल

लोकपथ
203
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलेत बजेट बिनियोजन गर्दा तीन जिल्लालाई मात्रै प्रथमिकतामा राखेको बताएका छन् ।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि पत्रकारहरुसँग कुराकानि गर्दै अध्यक्ष नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका हुन् ।

‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने छ । यो सुन्नमा आयो’ उनले भने– ‘त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो ।’ उनले भने ।

त्यस्तै, उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट मिश्रित प्रतिक्रिया आएको पनि बताएका छन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबै कुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरूसँग भेटेर कुरा गर्नेछु ।’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?