पाँच कर्पोरेट हाउसले गणेशमान सिंह बक्सिङ प्रतियोगितालाई प्रायोजन गर्ने

काठमाडौं । गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगितालाई पाँच वटा कर्पोरेट हाउसले प्रायोजन गर्ने भएको छ । 

यहि माघ २२ गतेदेखि शुरु हुने उक्त प्रतियोगितालाई विभिन्न पाँच वटा कर्पोरेट हाउसले प्रायोजना गर्ने भएका हुन् ।  गणेशमान सिंह फाउण्डेसनको आयोजनामा हुन लागेको बक्सिङ प्रतियोगितालाई मित्सुबीसीको आधिकारिक विक्रेता लियोन मोटर्स, रिबोक, ब्रिज सिमेन्ट र लक्ष्मी बैंकले प्रायोजन गर्ने भएका हुन् ।

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै अब जगदम्बा मोटर्सले ६ लाख बराबरको एक थान बाइक र एक थान स्कुटर प्रदान गर्नेछ । त्यस्तै लियोन मोटर्सले आयोजकलाई पाँच लाख र रिबोकको आधिकारिक विक्रेता लेबल्सले नगद र सामान गरी पाँच लाख प्रायोजन गर्नेछ । 

यता बृज सिमेन्ट र लक्ष्मी बैंकले पनि तीन–तीन लाख आयोजकलाई दिनेछन् । यो प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ ।

यो प्रतियोगितामा सातवटा प्रदेश र तीन विभागीय टोलीका गरी कुल एक सय ३० खेलाडी सहभागिता जनाउने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?