भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै

लोकपथ
35
Shares
काठमाडौं । सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ ।
भारतका विदेश राज्यमन्त्री वी मुरलीधरनको हालैको भ्रमणले द्विपक्षीय सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको मलेसियामा रहेका भारतीय मूलका नागरिकले बताएका छन् ।
भ्रमणका क्रममा राज्यमन्त्री मुरलीधरनले मलेसियाको प्रतिनिधिसभाका सदस्य एम।कुला सेगरन, डेमोक्रेटिक एक्शन पार्टीका राष्ट्रिय उपाध्यक्ष र अन्य वरिष्ठ सदस्यका साथै मलेसियाली सशस्त्र बल सिख भेटरन एसोसिएसनका सदस्यसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
राज्यमन्त्री मुरलीधरनले भारतीय मूलका मलेसियाली नागरिकका साथै कामको सिलसिलामा त्यहाँ रहेका भारतीय नागरिकलगायत मलेसिया सरकारका उच्च अधिकारीसँगको भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने र जनता–जनताबीचको सम्बन्धलाई अझ सबल बनाउने विषयमा  छलफल गरेका क्वालालम्पुरस्थित भारतीय दूतावासले जनाएको छ । उनले भारत–मलेसिया सम्बन्ध प्रवद्र्धनमा भारतीय ‘डायस्पोरा’ले गरेको योगदानको प्रशंसा गरे।
भ्रमणका क्रममा विदेश राज्यमन्त्रीले नेताजी वेलफेयर फाउन्डेसन र नेताजी सेवा केन्द्रका पदाधिकारीसँग भेटघाट गर्दै मलेसियामा नेताजी सुवास चन्द्र बोसको विरासतको संरक्षणमा फाउण्डेसनले निर्वाह गरेको भ्रमिकाको सराहना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?