काठमाडौं । गत पुष ३० गतेदेखि पाँचथर पावर कम्पनीले बिक्री खुल्ला गरेको साधारण शेयर निष्काशनको अवधि थप गरिएको छ ।
उक्त पावर कम्पनीको ‘आइपिओ’को समय थपिएको जनाएको छ । पावर कम्पनीको ‘आइपिओ’ छिटोमा आवेदन गर्ने मिति माघ १४ गतेसम्मका लागि तोकिएकोमा निष्काशन अवधि थपेर माघ २९ गते पुर्याएको जनाएको छ ।
कम्पनीले निष्काशन गरेको शेयर आयोजनाबाट प्रभावित गाविसहरु भारपा, याङ्गनाम, फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको ‘आईपिओ’ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिएको छ ।
पाँचथर पावर कम्पनीको ‘आइपिओ’ चार स्थानबाट आवेदन बुझ्ने व्यवस्था गरिएको छ । पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय फिदिम नगरपालिका १० याङ्गनाम, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सको शाखा कार्यालय फिदिम पाँचथरबाट स्थानीयले आईपिओको दरखास्त फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
कम्पनीले पुस १३ गते धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारलाई गरी कूल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ बिक्री गर्न अनुमति पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया