घलेम्दी हाईड्रो लिमिटेडको शेयर व्यवस्थापनमा भिबोर क्यापिटल लिमिटेड

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर व्यवस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट  सञ्चालकश्री नारायण बाबु अधिकारी र भिबोर क्यापिटल लि.को तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् ।

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७ सय ७० कित्ता सर्वसाधारण शेयर आइपिओ निष्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सहमतीसँगै उक्तकम्पनीको साधारण शेयर सुचिकरण भएपश्चात धितोपत्र केन्द्रीय निक्षप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम  शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?