काठमाडौं । सिभिल लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा करिब ७४ लाख भन्दा बढी रुपैयाँ नाफा आर्जन गरेको छ ।
लघुवित्तको चालु आवको दोस्रो त्रैमासमा ७४ लाख २६ हजार खुद नाफा आर्जन गरेको जनाएको छ । गत वर्षको तुलनामा लघुवित्त ६१ दशमलब ३६ प्रतिशतले बढेको हो । गत वर्ष लघुवित्तले ४६ लाख २ हजार मात्र खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तको चुक्ता पूँजी १० करोड ९७ लाख रहेको छ भने जगेडा कोषमा एक करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तले २० करोड ४२ लाख निक्षेप संकलन र ३७ करोड ६३ लाख सापटीबाट ७२ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया