तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

काबुल । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराएका छन् ।  

विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराएको हो ।  

राष्ट्रपतिको कार्यालयले तालिबानसँग युद्धबिराम गर्ने बारेमा वार्ता केन्द्रित भएको जनाएको छ तर उक्त विषयमा अझै केही प्रगति भएको छैन । 

विदेशदूत खलिलजाद वा अमेरिकी दूतावासले अफगान राष्ट्रपतिको कार्यालयको टिप्पणीप्रति केही उल्लेख गरेको छैन । 

तालिबानसँगको वार्तामा महत्वपूर्ण प्रगति भएको भनी अमेरिकी विशेषदूतले गत साता बताएका थिए । तर, राष्ट्रपतिको कार्यालयले उक्त दाबीप्रति सचेततापूर्वक प्रतिक्रिया दिएको छ । 

राष्ट्रपति घानीले अफगान सरकार र तालिबानबीच मध्यस्थता गराउन अमेरिकी विशेषदूतले गरेको प्रयत्नप्रति धन्यवाद दिँदै आभार व्यक्त गरेको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

तालिबानले अफगान सरकारसँग नभई अमेरिकी प्रतिनिधिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?