काठमाडौं । सरकारको लागि खर्चको श्रोत जुटाउने दायित्व बोकेको नेपाल राष्ट्र बैंकलाई यतिखेर सरकारको लागि खर्च जुटाउनै चटारो परेको छ ।
सो अनुसार चालु आर्थिक बर्ष सकिनै लाग्दा राष्ट्र बैंकले जेठ २९ गते अर्थात भोलि सोमबार पुन: २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार जारी मिति जेठ ३० गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् ।
बिक्री गरिने उक्त ट्रेजरी बिलहरुमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैंयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०८० असार २६ गते, २०८० भदौ २६ गते, २०८० मंसिर २६ गते र २०८१ जेठ २९ गते तोकिएको राष्ट्र बैंकको भनाई छ । सोमबार बिक्री गरिने यि ट्रेजरीहरु बिलहरुमा ९१ दिने अवधिको आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मध्येमा तीन अर्ब ५० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल नयाँ रहेकोमा बाँकी सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन् । राष्ट्र बैंकले यसअघि अर्थात यही जेठ २२ गते पनि ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया