बजेट भाषण बिहान १० बजे गर्न कांग्रेस सांसद गिरीको माग

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट भाषण बिहान १० बजे गर्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने धारणा राखेका हुन् ।

‘यो मुलुकमा सधैं बजेट भाषणहरु बेलुका ४ बजे हुने । ‘किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने । चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने, म सबै सरकार पक्षीय, प्रतिपक्ष सबैलाई भन्छु । अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो ।’ सांसद गिरीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?