काठमाडौं । एसिया कप २०२३ र एकदिवसीय विश्वकप क्रिकेटलाई लिएर भारत र पाकिस्तान क्रिकेट बोर्डबीचको विवाद समाधान हुँदै गएको देखिएको छ ।
हालसम्म दुवै प्रतियोगितामा पाकिस्तानको सहभागिताबारे केही स्पष्ट भने भएको छैन तर भारतीय सञ्चार माध्यमका अनुसार यो समस्या समाधान हुने देखिएको छ ।
काउन्सिलले एसिया कपका लागि पीसीबीको हाइब्रिड मोडललाई अनुमोदन गर्न सक्नेछ। यस्तो अवस्थामा पाकिस्तानसहित अन्य टोलीले आफ्नो खेल पाकिस्तानमै खेल्नेछन् । त्यस्तै, भारतीय टोलीका खेलहरू श्रीलंकाको गाले र पल्लेकेले मैदानमा हुनेछन्।
योसँगै पीसीबीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा आफ्नो टोली पठाउने सहमति गरेको छ ।
हाइब्रिड मोडलको आधिकारिक स्वीकृतिले पाकिस्तानी टोलीलाई अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गर्ने बाटो खुला गर्नेछ। पाकिस्तानी टोली अहमदाबादमा पनि खेल्न तयार रहेका छन् ।
सम्बन्धित समस्या समाधान गर्ने ओमान क्रिकेट बोर्डका प्रमुख पंकज खिम्जी जिम्मेवारी दिइएको थियो।
जब अध्यक्ष ग्रेग बार्कले पीसीबी अध्यक्ष नजम सेठीलाई भेट्न कराँची गएका थिए, एसिया कपका चार खेल पाकिस्तानमा भएको खण्डमा भारतमा हुने विश्वकप खेल्न पाकिस्तानले कुनै शर्त नराख्ने निर्णय गरेको थियो। किनभने, यो प्रतियोगिता आयोजना गर्ने अधिकार पीसीबीसँग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया