शेयर बजारमा सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा सोमवार शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ७९ विन्दुले बढेर एक हजार १६४ दशमलब ८९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ६५ विन्दुले बढेर २४७ दशमलब २५ विन्दुमा पुगेको छ । 

स्टकका अनुसार सोमवार १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । सोमवार कारोवार भएका कूल १० उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको र चार उपसमूहको शेयर घटेको स्टकले जनाएको छ । 

होटल १ दशमलब ५६, जलविद्युत् ० दशमलब ०२, उत्पादन १४ दशमलब ७८ र अन्य ० दशमलब ९४ विन्दुले घटेका छन् । त्यस्तै बैंकिङ ० दशमलब ९९, विकास बैंक ८ दशमलब ६१, वित्त ० दशमलब ७८, निर्जीवन बीमा ७२ दशमलब ४, लघुवित्त १७ दशमलब ५९ र जीवन बीमा १९ दशमलब ८६ विन्दुले बढेको छ । 

सामान्य बढेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली साुमदायिक लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनीका शेयरधनीले सोमवार कमाएका छन् । 

त्यस्तै हाथवे फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेडको शेयरधनीले सोमवार बढी गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?