भारतलाई पराजित गर्दै अष्ट्रेलियाले चुम्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधी

लोकपथ
630
Shares
LONDON, ENGLAND – JUNE 08: Cameron Green of Australia celebrates the wicket of Cheteshwar Pujara of India during day two of the ICC World Test Championship Final between Australia and India at The Oval on June 08, 2023 in London, England. (Photo by Justin Setterfield/Getty Images)

काठमाडौं । भारतलाई पराजित गर्दै अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधी हात पारेको छ । सोमबार भएको फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो ।

अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारतले पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनायो ।

भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित ४९ रन बनाए । कोहली र अजिंक्या रहाणेले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका भएपनि खेलमा फर्कन भने सकेनन् ।

यसअद्धि पहिला ब्याटिङको गरेको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अलआउट भएको थियो ।

अष्ट्रेलियाका लागि ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित १ सय ६३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?