नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । यससँगै नेपालले तीन म्याचको सिरिज २–१ ले आफ्नो पोल्टामा पारेको छ ।
यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।
विनोद भण्डारी ९, ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भए । पाँचौं विकेटका लागि पारस र रोहितकुमार पौडेलले ५४ रनको साझेदारी गरे । रोहित १६ रनमा आउट भए । आशिफ शेखसँग ३२ रनको साझेदारी गरेका पारस ३८.५ ओभरमा ११५ रनमा आउट भए ।
सोमपाल २६ र आरिफ २१ रनमा नटआउट रहे । नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
यूएईको खराब सुरुवात सम्हाल्दै मध्यक्रममा साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।
यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया