उरुग्वेले चुम्यो यू-२० विश्वकपको उपाधि

लोकपथ
259
Shares

काठमाडौं । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार बिहान भएको फाइनल खेलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।

उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे । उरुग्वेले पहिलो पटक यू-२० विश्वकपको उपाधि जितेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?