काठमाडौं । सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्याएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।
यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ ।
एसपीपीले वित्तीय जोखिम नियन्त्रणको प्रयासस्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायःयस किसिमका मुद्दामा अवैध कोष सङ्कलन, मुद्रा जाली र गैरकानूनी व्यापार सञ्चालन लगायतका क्षेत्र समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया