मुम्बई-पुणे एक्सप्रेसवेमा तेल ट्याङ्कर दुर्घटना, आगो लाग्दा ३ जनाको मृत्यु

लोकपथ
140
Shares

काठमाडौं । भारतको महाराष्ट्रको मुम्बई-पुणे एक्सप्रेसवेमा मंगलबार एउटा ठूलो दुर्घटना भएको छ । एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि त्यसमा आगो लागेको छ । दुर्घटनापछि राजमार्गमा नै आगलागी भएको थियो ।

यस घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राजमार्गको एकतर्फी सवारी आवागमन रोकिएको छ ।

दुर्घटनापछि ट्याङ्करमा आगो लागेको र केमिकल विष्फोटका अंगार सडकमा गुड्ने सवारीसाधनमा खस्न थालेको प्रतक्षदर्शीहरुले बताएका छन् ।

हाल आगो नियन्त्रणमा लिइएको र घाइतेहरुलाई अस्पताल लगिएको उच्च अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?