काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको छ।
युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको छ। हिजो अमरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको थियो ।युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४२ पैसा रहेको थियो ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ १ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २६ पैसा र बिक्री दर १६६ रूपैयाँ २ पैसामा काराेबार भइरहेकाे छ ।यसैगरी मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँ रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया