काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्ने भएका छन् । ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्ने भएसँगै ऐरीले वेस्ट इन्डिजका ब्याटर आन्द्रे रसेलसँग एकै टोलीबाट खेल्ने भएका हुन् ।
मंगलबार राती भएको ड्राफ्टमा दीपेन्द्र र रसेललाई मोन्ट्रियल टाइगर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।
दीपेन्द्रले पहिलो पटक विदेशी लिग खेल्दै छन् । ग्लोबल टी-ट्वान्टी खेल्ने भने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया