काठमाडौं । क्रोएसिया यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया फाइनल पुगेको हो ।
आन्द्रेज क्रमारीच ब्रुनो पेट्कोभिच मारियो पासालीच र लुका मोड्रिचले क्रोएसियाका लागि गोल गरेका थिए । त्यस्तै, डोनएल मालन र नोया लांगले नेदरल्यान्ड्सका लागि गोल गरेका थिए ।
अब क्रोएसियाले उपाधिका लागि इटाली र स्पेनबीचको विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया