एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत म्यान्चेस्टर युनाइटेडले बर्नलीसँग बराबरी खेलेको छ ।
मंगलवार राति सम्पन्न भएको २४ औँ चरणको खेलमा युनाइटेडले बर्नलीसँग २-२ गोलको बराबरीमा रोकेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
दोस्रो हाफमा सुधारिएको खेल खेलेको बर्नलीका लागि ५१ औँ मिनेटमा एस्ले बर्नेसले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ८१ औँ मिनेटमा क्रिस उडले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।
त्यस्तै ८७ औँ मिनेटमा युनाइटेडका लागि पाउल पोग्बाले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । निक्कै रोमाञ्चक बनेको खेल सकिनै लाग्दा भिक्टोर लेन्डिलोफले गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा ल्याए । बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बाडेका छन् ।
अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सायरले क्लब सम्हालेपछि युनाइटेडले लगातार आठ खेलमा जित निकालेको थियो।
बराबरीपछि म्यान्चेस्टर युनाइटेडले २४ खेलबाट ४५ अंक जोडेको छ । युनाइटेड लिगको छैटौं स्थानमा छ । बर्नली २३ अंक जोडेर १५ औँ स्थानमा छ ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा फुलह्यामले ब्राइटनलाई ४-२ गोल अनतरले पराजित ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया