काठमाडौं । बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधवार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको तुलनतामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो ।
मंगलबार सुन ६१ हजार ५ सय रुपैयाँ थियो ।
तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया