काठमाडौं महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सञ्चालित शैक्षिक मेला बन्द गराएको छ ।

एसईई पास हुने विद्यार्थीहरुलाई लक्षित गरेर आजबाट भृकुटीमण्डपमा शैक्षिक मेला सञ्चालन भएको थियो । उक्त मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए ।

यसअघि नै महानगरले एसईईको रिजल्ट नआइ कुनै पनि भर्ना सम्बन्धी कार्यक्रम नगर्न कलेजहरुलाई आग्रह गरेको थियो । तर उक्त मेलामा कलेजको बारेमा बताउँदै विद्यार्थीहरुलाई शुल्कको बारेमा समेत जानकारी गराइएको थियो । मापदण्ड विपरित गरेको भन्दै महानगरले उक्त मेला सञ्चालनमा रोक लगाएको हो ।

उक्त मेलामा ५० भन्दा बढी शैक्षिक संस्थाहरुले स्टल राखेका थिए ।

हरेक वर्ष एसईई तथा प्लस टूका विद्यार्थीहरुलाई लक्षित गरेर शैक्षिक मेला हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?